थप १५५८ जनामा कोरोना पुष्टी, १३५१ जना संक्रमण मुक्त

काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा देशभर १५५८जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षण गर्दा १०८६ जना र ३७२० एन्टिजेन परीक्षण गर्दा ४७२ गरी १५५८ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here