राष्ट्रपतिद्धारा ९०३ जनालाई विभूषण प्रदान, विष्णु माझी जनसेवाश्रीबाट विभूषित

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् ।

मन्त्रिपरिषद्को २०७८ भदौ २९ गतेको सिफारिसअनुसार विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरिएको हो।

सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ।

यस्तै‚ दोस्रो ठूलो राष्ट्र गौरव मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्ण शमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ।

नेपाल रत्नबाट १ जना, उराष्ट्र गौरवबाट २ जना, महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणी तथा सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीबाट ५–५ जना, उज्वल कीर्तिमय राष्ट्रद्वीप द्वितीय श्रेणीबाट १ जना, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट २४ जनालाई दिने निर्णय सरकारले गरेको छ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट ३९ जना, सुप्रवल जनसेवाश्री तृतीय श्रेणीबाट १६१, सुकीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट ८ जना, प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट ३ सय १९ जना र जनसेवाश्री पन्चम श्रेणीबाट १९० जनालाई विभूषण प्रदान गरिएको छ ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छिन्।

यसैगरी नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ। ​

हालसालै बजारमा आएको तीजको गीत चरी जेलैमा सर्वाधिक चर्चामा आएपछि माझीलाई सार्वजनिक हुन जनस्तरबाट दबाव बढ्दै जाँदा उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो। निकै चर्चित गीत गाउँदै आएकी माझी भने कुनै कार्यक्रममा पनि सार्वजनिक भएकी छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here