असोज ११ देखि बुद्धभूमि नेपालको आइपीओ खुल्ने

काठमाडौं, ३ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल ८ लाख कित्ता सेयरमध्ये १६ हजार कित्ता ९२ प्रतिशत० कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा ८ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here