संविधान दिवसको अवसरमा टेलिकमको डाटा अफर

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।

मोबाइलमा *१४१५*१*९# डायल गरी वा टेलिकमको मोबाइल एप प्रयोग गरी सो अफर प्रयोग गर्न सकिन्छ । टेलिकमको नयाँ अफर अन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा दुई सय एमबी डाटा प्राप्त गर्नेछन् ।

साथै, तीन दिनका लागि ६० रूपैयाँमा एक हजार एमबी डाटा प्राप्त गर्नेछन् ।

‘संविधान दिवस अफर’ अफर असोज ४ गतेसम्मका लागि लागू हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here