काँचो खानाले बढाउछ क्यान्सरको जोखिम

काठमाडौं । राम्ररी नपाकेको भात खादा क्यान्सरको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।

हामीले खाने धेरै जसो खानामा रसायन मिसिएको हुन्छ । जसकारण थाहा नपाइ रसायनहरूको सेवन गरिरहेका हुन्छौ जसले भविष्यमा विभिन्न स्वास्थ्य समस्याको विकास गर्न सक्छ ।

बेलायतको क्वीन्स युनिभर्सिटी बेलफास्टको अध्ययनअनुसार, माटोमा रहेको आर्सेनिक, औद्योगिक विषादी र कीटनाशकको ​​रासायनिक पदार्थले चामललाई हानिकारक बनाउन सक्छ । यसले आर्सेनिक पोइजनिङ्गको हुनसक्छ ।

चामलमा उच्च मात्रामा आर्सेनिक हुने हुँदा यसलाई राम्ररी नपकाइ खाए क्यान्सरको जोखिम हुनसक्छ ।

आर्सेनिक विभिन्न खनिजहरूमा पाइने रसायन हो । यो औद्योगिक किटनासक र किटनासक बनाउनको लागि प्रयोग गरिन्छ । केही देशहरूको माटोमा आर्सेनिकको स्तर उच्च छ । खाना वा पानीको माध्यमबाट लामो समय रसायनको सम्पर्कमा रहे आर्सेनिक पोइजनिङ्ग हुनसक्छ । वान्ता हुने, पेट दुख्ने र पखाला र क्यान्सरको समस्या हुनसक्छ ।

उक्त अध्ययनले मात्र नभइ अन्य अध्ययनले चामल कार्सिनोजेन हो र यसले क्यान्सरको विकासमा बढावा दिनसक्ने देखिएको थियो । स्तन र अन्य क्यान्सरका सम्भावित जोखिम कारकहरूको पहिचान गर्नका लागि क्यालिफोर्नियाको अध्ययनमा नौ हजार चार सय सहभागी थिए ।

अध्ययनले क्यान्सरबाट जोगिनका लागि चामललाई रातभर भिजाएर मात्र पकाउन सुझाव दिएको छ । यसबाट आर्सेनिकको स्तर ८० प्रतिशतसम्म घट्ने जनाइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here