दशैँ लक्षित सानिमा बैंकको विशेष योजना

काठमाडौं, ३ असोज । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइटमा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम संचालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here