सरकारले कटौती गरेको १४१० सडक आयोजना अधिकांश तराई मधेशका (सूचीसहित)

फाइलफोटो

काठमाडौं, ३ असोज । सरकारले अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४१० सय सडक आयोजना कटौती गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शुरु गरेको १४१० सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो ।

७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका कटौती भएका सडक आयोजना अधिकांश तराई मधेशका रहेका छन् ।

ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६१७ सडक अघि सारेको थियो।

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा चार सय आयोजना थपेका थिए । ती आयोजना भने कार्यान्वयनमा गइसकेका छैनन् ।

अघिल्लो आर्थिक वर्षमा ठेक्का भइसकेका १ हजार आयोजनालाई भने स्थगन गर्न नसकिने सडक विभागले प्रस्ट्याइसकेको छ ।

ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६१७ सडक शिलान्यास गरेको थियो ।

तर, अर्थमन्त्री जनार्दन शर्माले पूर्वतयारी तथा बजेट नभएको भन्दै शिलान्यास गरिएको सडक आयोजना नै खारेज गरिदिएका हुन् ।

जसमा तत्कालीन प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका ६० सडक योजना कटौतीमा परेका छन् ।

कटाैतीमा परेका सडक आयाेजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here