सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ असोज । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।

कोरोबार भएको अघिल्लो दिन प्रतितोला ८९ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर प्रतितोला ११३५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here