शेयर बजार : नेप्सेमा ५५ अंकको गिरावट, १७२ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं, ४ असोज । साताको पहिलो कारोबार दिन आज शेयर कारोबार भएको पहिलो घण्टामै ५५ अंकले घटेको छ । १२ः१५ बजेसम्म नेप्से परिसूचक ५५.३९ अंकले घटेर २७५६.८८ अंकमा झरेको छ ।

अहिलेसम्म २२१ कम्पनीको ४७ लाख ३७ हजार ५१८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

१२ः१५ बजेसम्म १७७ कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै एक्सेल विकास बैंकको शेयर मूल्य घटेको छ । बैंकको मूल्य ७.८३ प्रतिशत घटेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य बढेको छ । कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here