सामान्य अंकले बढ्यो नेप्से, साढे ३६ करोडको कारोबार

काठमाडौं, १० असार । मंगलवार नेप्से परिसूचक ०.९६ अंकले बढेर १ हजार २ सय ६१.०७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशत बढी हो ।

कारोबारमा आएका मध्ये ६ वटा कम्पनीको परिसूचक बढे भने ६ वटा कम्पनीको परिसूचक घटे ।

परिसूचक बढ्ने कम्पनीहरुमा बैकिङ्ग, जलविद्युत, निर्जीवन बिमा, उत्पदान, लघु वित्त, जीवन बिमा रहेका छन् ।

त्यस्तै, परिसूचक घट्ने कम्पनीहरुमा ट्रेडिङ, होटल्स, विकास बैंक, फाईनान्स, सामुहीक लगानी कोष र अन्य रहेका छन् ।

मंगलवार ५ हजार ५ सय ८७ कारोबारबाट १ सय ७४ कम्पनीका १३ लाख २४ हजार ५ सय १९ कित्ता किनबेच भए ।

उक्त किनबेचबाट ३६ करोड ४७ लाख ७३ हजार रकम बराबरको सेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here