थप १०९५ जनामा कोरोना पुष्टी, २९५७ जना संक्रमण मुक्त

काठमाडौं, ४ असोज । पछिल्लो २४ घण्टामा देशभर १०९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षण गर्दा १२० गरी १०९५ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५२ हजार १७०जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २२२ हजार ३२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here