क्याल्सियमको उत्तम श्रोत पनीर खानुका अनेक फाइदा

काठमाडौं । दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । दुग्धजन्य पदार्थबाट बनेको भोजनबाट पनि पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ । पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ ।

पनीर क्याल्सियमको उत्तम श्रोत हो । यसले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ । यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम हुन्छ ।

क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिडामिन डी पनि पाइन्छ । यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ ।

साथै, इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम अर्थात् मधुमेह गराउने खतरा पनि कम गर्छ । बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ ।

​पनिर खानुका फाइदाहरु

क्यान्सर

हालै गरिएको एक अध्ययनले पनीरले क्यान्सरको जोखिम कम गर्ने देखाएको छ । पेटको क्यान्सर, क्लोनको क्यान्सर र ब्रेस्ट क्यान्सरको उपचारमा पनि पनीरले महत्वपुर्ण भुमिका खेल्ने गर्छ ।

मधुमेह

ओमेगा ३ ले भरपुर पनीर मधुमेहका बिरामीलाई निकै राम्रो गर्छ । विशेषज्ञका अनुसार मधुमेह रोगीहरुले दिनहुँ पनीर खानु स्वास्थका लागि फाइदा हुनेछ ।

तुरुन्त शक्ति प्रधान गर्छ

दुधबाट पनीर बनेका कारण पनीरमा दुधको भरपुर गुणहरु हुनेगर्छ । यसमा उर्जा पनि उत्तिकै हुनेगर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनीर खाँदा स्वास्थलाई फाइदा हुन्छ ।

दाँत र हड्डी

पनीरको सबैभन्दा लाभ यो छ कि यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फसफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । दैनिक पनीर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जाने गर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here