काठमाडौं, ५ असोज । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६७ र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९३ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।