नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ८.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई कर प्रयोजनसहित ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

हाल कम्पनी चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here