कुलमान घिसिङविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, ५ असोज । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको विरुद्धमा परेको रिटमाथी आज सुनुवाई हुँदैछ ।

कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।

यो रिट जवराको एक नम्बर इजलासमा परेको छ ।

यसअघि पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको थिएन । भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए ।

मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८ साउन २५ मा उनलाई त्यहाँबाट हटाएर जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो ।

त्यस्तै साउन २५ मा घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती ‘बदर गरिपाँउ’ भन्दै सर्वोच्चमा साउन ३२ गते रिट दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here