आइफोन, एप्पल वाच र एयरपड एकैपटक चार्ज गर्न सकिने एप्पलको थ्री इन वान चार्जर

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले ‘थ्री इन वान’ वायरलेस चार्जर सेट ल्याएको छ ।

म्यागसेफ वायरलेस चार्जिङ स्टेसनबाट एकैपटक आइफोन, एप्पल वाच र एयरपड चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

इन्ग्याजेटले जनाएअनुसार चार्जरमा तीनवटा फोल्डेबल म्यागस्टेक (चार्जिङ प्याड्स) का साथै फ्लोटिङ स्ट्यान्ड समावेश छ । यसमार्फत् एप्पलका डिभाइस मात्र नभई क्यु आई वायरलेस चार्जिङ सपोर्ट गर्ने एन्ड्रोइड फोन, ब्लुटुथ इनेबल्ड इयरबडसमेत एउटै समयमा चार्ज गर्न सकिन्छ ।

वायरलेस चार्जिङ स्टेसन छुट्टाछुट्टै गरी तीन पटक फोल्ड गरिएको हुन्छ । पर्सजस्तै फोल्ड गरिने यो डिजाइनको चार्जरलाई एक इन्चको फरकमा पट्याएर राख्न सकिन्छ । स्टेसनलाई फैलाएर सबै प्लगमा आफ्ना उपकरण जोडेर सबैको पावर अन गर्न सकिन्छ । यसलाई जुनसुकै ठाउँमा सजिलै राख्न सकिन्छ ।

यसलाई स्ट्यान्ड प्रयोग गरेर त्रिभुज आकारमा पनि राख्न सकिने हुँदा यसबाट ह्यान्ड फ्रि फेसटइम, भिडियो कललगायत पनि गर्न सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here