तिते करेलाको मिठो फाइदा

काठमाडौं । प्राय घरहरुमा आमा हजुरआमा तथा केही पाको उमेरका मानिसहरु करेलाको विशेषताको गुणगान गाउने गर्छन् । केही जेष्ट नागरिक त काँचो करेलाको जुस खान अत्यन्त रुचाउँछन् ।

तर, ठिक यसको विपरित यूवा तथा वालवालिकाहरु करेला त्यति धेरै मन पराउँदैनन् । कतिपय वालवालिकाको त करेला नाम सुन्ने वित्तीकै अनुहारको रंग नै बदलिने गर्छ ।

करेलाको स्वाद तितो हुन्छ । यसकारण पनि धेरै मानिसहरु यसलाई मन पराउँदैनन् । तर त्यही तितो करेलाको गुण भने मिठो हुन्छ ।

यसको स्वाद तितो भएपनि यसमा पाईने विभिन्न प्रकारका पोषक तत्वहरु हाम्रो शरीरलाई धेरै फाइदाजनक हुन्छ ।

करेला डायबटिजको विरामीको लागि अमृत बराबर नै मानिन्छ । यसका साथै रगतमा सुगर कन्ट्रोल गर्न, दमको रोगिको लागि साथै पेट तथा खोकी जस्ता रोगबाट बचाउँने गर्छ ।

करेलामा फस्फोरस धेरै मात्रामा हने कारण खोकीको समस्या समाधान गर्न करेला उत्तम मानिन्छ ।

करेलाले जति मात्रामा रगत सफा गर्छ त्यहि मात्रामा शरीरले पोषक तत्व प्राप्त गर्छ । करेलामा पाईने विभिन्न प्रकारका पोषक तत्व र भिटामीन वि को कारण रगत सफा गर्नुका साथै मृगौला र फोक्सोलाई स्वस्थ राख्नको लागि सहयोग गर्छ ।

करेला खानुका फाइदाहरुः

— खोकीका विरामीको लागि लाभदायी,

— दमका विरामीले मसला विनाको करेला खादाँ फाइदाजनक,

— ग्यास्ट्रिक र अपच हुने समस्याको समाधान,

— जन्डिसका विरामीको लागि करेलाको जुस फाइदाजनक,

— करेलाको रस टाउकोका लगाउँदा टाउँको दुखाई कम । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here