दोहोरो अंकले बढ्यो शेयर बजार, साढे ७ अर्बको कारोबार

काठमाडौं, ५ असोज । साताको दोस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ११४ अंकले घटेको बजार आज १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स २.३६ अंकले बढेर ५०८.६३ अंकमा पुगेको हो ।

आज ट्रेडिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुह बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक १.६१ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्सको ०.७५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक २.३८ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.३७ र फाइनान्सको १.३३ प्रतिशत बढ्यो ।

सोमबारको तुलनामा आज कारोबार रकममा भने कमी आएको छ । आज २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँको कारोबार भयो ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै बढ्यो । लघुवित्तको शेयर ९.९९ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको थियो ।

सबैभन्दा धेरै गुमाउनेमा सानिमा लाइफ क्यापिटल फण्डका शेयर धनी छन् । फण्डको शेयर मूल्य ३.४३ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अरुण भ्यालि हाइड्रोपावरले गर्यो । कम्पनीले २५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here