धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौं, ५ असोज । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथिको छानबिन पूरा भएको छ ।

शेयर प्रकरण आरोपमाथि सरकारले छानविन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

सो आरोपमाथि सरकारले छानबिन गरेको हो । छानबिनका क्रममा तयार पारिएको अध्ययन प्रतिवेदन हेरेर अर्थ मन्त्रालयले निर्णय लिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here