कर्जा विस्तारमा बाणिज्य बैंकहरु आक्रामक, निक्षेपमा क्रमिक सुधार

काठमाडौं, ५ असोज । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले भदौ महिनामा ९४ अर्ब ऋण लगानी गरेका छन् ।

अन्तिम साता २८ अर्ब रुपैयाँले लगानी बढ्दा बाणिज्य बैंकहरुको कर्जा लगानीकुल ३८ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। भदौ लागेपछि बैंकहरुको निक्षेप संकलनमा पनि क्रमिक सुधार देखिन थालेको छ।

भदौ महिनामा ५४ अर्ब बढेको निक्षेप बढाएका बैकहरुको अन्तिम साताको हिस्सा २६ अर्ब रुपैयाँ छ। अहिले बैंकहरुसँग कुल निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here