गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

फाइलफोटो

काठमाडौं, ६ असोज । गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ । मंगलबार राति करिब १ बजे पहिरोले घर पुरिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राति करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।

उनीहरुको शबलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here