डा. खड्का बने परराष्ट्रमन्त्री, राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाने

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्री बनेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ । अब राष्ट्रपति विद्यादेवि भण्डारीबाट उनी मन्त्री पदमा नियुक्त हुनेछन् । साथै उनलाई राष्ट्रपति कार्यालयबाटै सपथका लागि समय पनि तोकिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएसँगै उनले आजै सिंहदरवारमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

मन्त्रि बनेसँगै उनको पहिलो दायित्व भने अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका प्रतिनिधित्व गर्नु हो । सोही सिलसिलामा उनी न्यूयोर्क प्रस्थान गर्नेछन् । यसअघि सोमबार बसेको सत्तारुढ दलको बैठकले खड्कालाई मन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्री नहुँदा मुलुकको छवि नै बिग्रिएको भन्दै सरकारको आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here