सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ असोज । बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ८९ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँ बढेर प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला ११६५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here