काठमाडौं, ६ असोज । बुधबार शेयर बजारले कमब्याक गरेको छ । आज नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६९५ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा ३.८७ प्रतिशत बढी हो ।
आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इनडेक्स पनि बढ्यो । बुधबार इन्डेक्स १९.४७ अंकले बढेर ५२८.१० अंकमा पुगेको छ ।
बुधबार सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ८.५४ अंकले बढ्यो । त्यस्तै, विकास बैंकको ७.७४ प्रतिशत बढ्यो ।
आज २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
बुधबार २० कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । सर्किट लागेका मध्ये १३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, अन्य ७ कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतभन्दा धेरै बढ्यो ।
आज चार कम्पनीको मात्रै शेयर घट्यो । जसमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डेबिन्चरको शेयर मूल्य १.४९ प्रतिशत घट्यो ।
बुधबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले २३ करोड ३४ लाख रुपैयाँको कारोबार गर्यो ।