बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटक चलाउ नपाउने

काठमाडौं । चिनियाँ भर्सनको टिकटक (डोउविन) ले ‘युथ मोड’ सार्वजनिक गरेसंगै बालबालिकाले टिकटकमा बिताउने समयमा नियन्त्रण हुने भएको छ ।

यो फिचरमार्फत् बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरिएको हो । टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सले शनिबारदेखि टिकटकको चिनियाँ संस्करणबाट यसको सुरुवात गर्दै चीनमा १४ वर्षभन्दा कम उमेर भएका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा समय बिताउन नपाइने जनाएको हो ।

रातको १० बजेदेखि बिहान ६ बजेसम्म डोउविन उपलब्ध नहुने जनाइएको छ । कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्न वा युथ मोड फिचरलाई अन गरिदिन आग्रह गरेको छ ।

बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने कम्पनीको भनाइ छ । सिएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here