थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त

काठमाडौं, ६ असोज । पछिल्लो २४ घण्टामा देशभर १४७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १२५१ जना र २८६३ एन्टिजेन परीक्षण गर्दा २२७ गरी १४७८ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार २२८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६३० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । संक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here