यी हुन् विश्वका ५ ठूला शेयर बजार, नेपालको बजार पुँजीकरण कति ?

काठमाडौं । पछिल्लो समय विश्वभरी नै शेयर बजारमा तीव्र उछाल आएको छ । जसमा कोरोना संक्रमणलाई एक मुख्य कारण मानिन्छ । महामारीका कारण अन्य क्षेत्र सुस्ताउँदा शेयर बजारमा भने लगानीकर्ताहरु झुम्मिए ।

नेपाली शेयर बजार बढ्नुमा पनि कोभिड महामारी मुख्य कारक बन्यो । व्यवसायका अन्य क्षेत्र सुस्ताउनु र पुँजीबजारमा सूचना प्रविधिको प्रयोग बढ्नुजस्ता कारणले मानिसहरुलाई शेयर बजारतर्फ आकर्षित गर्यो । लकडाउनमा मानिसलाई खर्च गर्ने अन्य गतिविधि नहुनु र आईपीओमा पुगेसम्म सबैलाई १० कित्ता सेयर बाँड्नै पर्ने नियमले पनि शेयरमा लगानी बढेको हो ।

यी हुन् विश्वका ५ ठूला शेयर बजार

विश्व शेयर बजारमा पुँजीकरणको हिसाबले पहिलो नम्बरमा अमेरिकी बजार रहेको छ ।

अमेरिकी शेयर बजारको कुल बजार पुँजीकरण ५१० खर्ब ३० अर्ब डलर रहेको छ ।

दोस्रो नम्बरमा चीनको शेयर बजार रहेको छ । चिनियाँ शेयर बजारको कुल पुँजीकरण १२० खर्ब ४२ अर्ब डलर रहेको छ ।

यसैगरी ७० खर्ब ४३ अर्ब डलरको बजार पुँजीकरणका साथ जापान तेस्रो नम्बरमा छ । चौथो नम्बर हङकङ शेयर बजार रहेको छ । हङकङको बजार पुँजीकरण ६० खर्ब ५२ अर्ब डलर रहेको छ ।

कुल ३० खर्ब ६८ अर्ब डलर बजार पुँजीकरणसहित बेलायत विश्वकै पाँचौँ ठूलो शेयर बजार भएको देश बनेको छ ।

त्यस्तै, नेपाली शेयर बजारको पुँजीकरण ३३ अर्ब ६९ करोड डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here