एकीकृत समाजवादीमा पदाधिकारी चयनमा विवाद, जिम्मेवारी हेरफेर गरियो

काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पार्टीमा पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरेको हो ।

पदाधिकारी हेरफेरपछि उपाध्यक्षको संख्या ६ जना पुगेका छन् । राजेन्द्र राई सचिवमा थपिएका छन् ।

यसअघि चयन गरिएको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव रहेका थिए ।

पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रतावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।

अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।

यो बैठकले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी भने टुंगो गर्न बाँकी नै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here