झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, ७ असोज । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से २.७० अकले बढेर २८१९.६६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार २२८ कम्पनीको ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here