दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २९ प्रतिशत महँगियो

काठमाडौं, ७ असोज । आर्थिक वर्ष २०७८/ ७९ को पहिलो महिनामा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको हो ।

आर्थिक वर्ष २०७८/ ७९ को पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।

२०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ, र यातायात उपसमूहको मुल्यवृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १.३० प्रतिशत, ५.७२ प्रतिशत र ६.१९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.५४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here