शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा

काठमाडौं, ७ असोज । शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेको छ । भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई रु.४८ करोड ६ लाख कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ३९ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here