थप १२३९ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा देशभर १२३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षण गर्दा ९४१ जना र ३६१४ एन्टिजेन परीक्षण गर्दा २९८गरी १२३९जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८८ हजार ७६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३१४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ । संक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here