इण्टरनेट, भुक्तानी सेवा प्रदायक र खोप उत्पादन कम्पनीलाई तीन प्रतिशत ब्याजमा कर्जा

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ तेस्रो संशोधन गरेको छ ।

विहिबार सार्वजनिक गरेको पुनरकर्जा कार्यविधि, २०७७ मा तेस्रो संशोधनमा इण्टरनेट, विद्युतीय भुक्तानी सेवा प्रदायक र खोप उत्पादन गर्ने कम्पनीलाई विशेष पुनरकर्जा व्यवस्था गरेको छ ।

हाल विशेष पुनरकर्जामा नेपाल राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर लिँदै आएको छ भने इजाजतपत्र संस्थाले ग्राहकसँग बढीमा ३ प्रतिशतसम्म ब्याजदर लिन पाउने व्यवस्था छ ।

बैकलेले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ ।

यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम-व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलबिद्युत आयोजनाहरु पर्दछन् ।

त्यस्तै, ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउनेने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउनेने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनरकर्जाहरू पर्दछन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनि बैंकले तोकेका ग्राहक ऋणीका लागि ६ महिनाका लागि पुनरकर्जाको व्यवस्था गरेको छ ।

यस्ता ऋणीले प्रतिग्राहक ऋणी अनुसार ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउनेछन् । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनरकर्जाको रकम र कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here