राष्ट्रपतिद्धारा बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्न बाटो खुल्ला

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु आर्थिक वर्षको बजेटसम्बन्धी विनियोजन विधेयक विहीबार प्रमाणीकरण गरेकी छिन् ।

बजेट प्रमाणीकरण भएसँगै अब बजेट होलिडे हटेर सरकारलाई खर्च गर्न बाटो खुल्ला भएको छ ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका थिए।

दुबै संसदमा बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न पाएको थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here