अजोड इन्स्योरेन्सको कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं, ८ असोज । अजोड इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरूलाई प्रदान गरेको ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न भएको हो ।

कम्पनीका अनुसार सो तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

त्यस्तै, अजोडको भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिम पनि सम्पन्न भएको छ । कम्पनीले गत भदौ २९, ३० र ३१ गते सो तालिम सञ्चालन गरेको थियो ।

यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बिमा अभिकर्ता तालिमसमेत सञ्चालन गरेको छ । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए ।

उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाेधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौँडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसैगरी, अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रकाश पारेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here