सुनको मूल्य स्थीर, चाँदी घट्यो

काठमाडौं, १० असोज । साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here