विश्वका चार अर्ब मानिस मोबाइल इण्टरनेट प्रयोगबाट अझै वञ्चित

साङ्केतिक तस्विर

काठमाडौं । अझै पनि विश्वका चार अर्ब मानिस मोबाइल इण्टरनेटको प्रयोगबाट वञ्चित रहेको एक प्रतिवेदनले देखाएको छ ।

कम र मध्यम आय भएका देशहरूमा मोबाइल इण्टरनेट प्रयोगलाई बढावा दिन आवश्यक नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै जिएसएमएले विश्वव्यापी रूपमा अझै पनि चार अर्ब मानिसले मोबाइल इण्टरनेट प्रयोग नगर्ने जनाएको हो ।

प्रतिवेदनका अनुसार ती चार अर्ब मानिसमध्ये ३.४ अर्ब अर्थात ८५ प्रतिशत मानिस पहिले नै मोबाइल ब्रोडब्यान्ड नेटवर्कको पहुँचमा पुगिसकेका छन् ।

अति गरिब, ग्रामीण क्षेत्रका मानिस, महिला तथा अपाङ्गता भएका व्यक्तिहरू मोबाइल इण्टरनेटबाट वन्चित हुनेहरूमा पर्छन् ।

जसकारण डिजिटल विकासका लागि पूर्वाधार नीति एक्लैले मात्र पर्याप्त नहुने प्रतिवेदनले देखाएको छ ।

कम र मध्यम आय भएका देशहरूमा डिजिटल विकासका लागि इण्टरनेट चल्ने मोबाइल र डेटाको सर्वसुलभता, जनचेतना, मोबाइल इण्टरनेटको ज्ञान, यसका फाइदा, डिजिटल सीप, नेटवर्क तथा नेटवर्क सक्षम बनाउने आधार मोबाइल उपकरणको उपयोगिता, सामग्री र सुविधाको विस्तार लगायतका कुरामा ध्यान दिनुपर्ने देखिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here