सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ असोज । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँ बढ्यो । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here