फेसबुकमाथि लागेका पाँच गम्भीर आरोप

काठमाडौं । पछिल्लो केही समययता फेसबुकले थुप्रै आरोपहरूको सामाना गरिरहेको छ ।

दि वाल स्ट्रिट जर्नल तथा अन्य माध्यमबाट सार्वजनिक भएका विवरणमध्ये धेरैजसो फेसबुकको आन्तरिक दस्तावेजबाटै प्राप्त भएका हुन् । तर, फेसबुकले दि वाल स्ट्रिट जर्नलले धेरै विवरणहरू जोडतोड गरेर प्रकाशन गरेको भन्दै आफूलाई लागेका सम्पूर्ण आरोपविरुद्ध बचाउ गरेको छ ।

यस्ता छन् फेसबुकमाथि लागेका पछिल्ला पाँच आरोप

१. फेसबुकले सेलिब्रेटीहरूसँग फरक व्यवहार गर्छ । धेरै सेलिब्रेटी, राजनीतिज्ञ र हाई प्रोफाइल फेसबुक प्रयोगकर्ताका लागि एक्सचेक नामक छुट्टै प्रणालीअन्तर्गत आफ्नो प्रोफाइलमा कस्तो प्रकारको सामग्री पोस्ट गर्न पाउने भनेर नियम बनाएको छ । तर फेसबुकले क्रसचेक सिस्टम निष्पक्ष भएको दाबी गरेको छ ।

२. टिनेजरहरूको लागि इन्स्टाग्राम हानिकारक छ भन्ने विषयमा फेसबुकलाई पहिले नै थाहा थियो । फेसबुकले गरेको विस्तृत अनुसन्धानबाट किशोरकिशोरीहरूका लागि इन्स्टाग्राम हानिकारक छ भन्ने देखिएको कम्पनीले आफ्नो निष्कर्ष सार्वजनिक गरेन । सर्वेक्षण गरिएका ३२ प्रतिशत किशोरीहरू आफ्नो शरीरप्रति नकारात्मक भएको बेलामा इन्स्टाग्रामले उनीहरूलाई थप नराम्रो महसुस गराएको थियो ।

३. फेसबुकका शेयरधनीहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । मार्क जुकरबर्गले आफ्नो व्यक्तिगत दायित्वबाट बच्नका लागि क्याम्ब्रिज एनलिटिका डेटा स्क्यान्डलमा अमेरिकी फेडरल ट्रेड कमिसनलाई पाँच अर्ब डलर ९आवश्यकभन्दा धेरै रकम० बुझाएको छ ।

४. फेसबुकले आफ्नो राम्रो कुरा मात्र प्रवर्द्धन गर्ने गरेको छ । जसका लागि फेसबुकले एउटा प्रोजेक्ट नै बनाएर काम गरिरहेको छ । प्रोजेक्ट एम्पलिफाइले मानिसहरुलाई सामाजिक सञ्जालको बारेमा सकारात्मक कुरा देखाउनका लागि डिजाइन गरीएको थियो ।

५. फेसबुकका कर्मचारीहरूले कम्पनीलाई फेसबुक मानव तस्करी र लागूपदार्थ आपूर्तिका लागि प्रयोग भइरहेको बारेमा बारम्बार सूचित गराउँदा पनि फेसबुकको प्रतिक्रिया निकै कमजोर रहेको जनाएको छ । सन् २०१९ को नोभेम्बरमा बिबिसी न्युज अरेबिकले इन्स्टाग्राममा घरेलु कामदारको किनबेच हुने गरेको विषय प्रकाशन गरेको थियो ।

कम्पनीको आन्तरिक दस्तावेजको आधारमा फेसबुकलाई यस विषयमा पहिलेदेखि नै जानकारी थियो । एप्पलले फेसबुकका एपहरू एप स्टोरबाट हटाउने चेतावनी नदिँदासम्म कम्पनीले यस विषयमा सीमित पहलहरू मात्र गरेको थियो । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here