जावा मोटरसाइकल खरिदमा ज्याकेट र कस्टम हेल्मेट उपहार

काठमाडौं । जावा बाइकको दशैँतिहार अफर सार्वजनिक गरिएको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा चिनिएको जावा मोटरसाइकलको खरिदमा ग्राहकले प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो सीथ) र कस्टम जावा हेलल्मेट प्राप्त गर्ने भएका छन् ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट जुनसुकै मौसमका लागि उपयुक्त रहेको र सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मरद्वारा प्रमाणिकरण गरिएको छ । त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा प्रदान गर्ने छ ।

लेजेन्डरी जावा बाइक दशकौँ पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रालि अग्नि ग्रुपअन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरी अग्नि मोटोइन्क प्रालिको हाल १३ वटा डिलर नेटवर्क रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here