सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ असोज । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा बुधबार १०० रुपैयाँ घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here