टिकटकको सक्रिय प्रयोगकर्ता एक अर्ब

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकको प्रयोगकर्ता विश्वभर छन् ।

गत सोमबार आफ्नो ब्लग पोस्टमार्फत टिकटकले विश्वभर एक अर्ब सक्रिय प्रयोगकर्ता पुगेको जनाएको छ । टिकटकको मुख्य चिनियाँ कम्पनी बाइटडान्सले पछिल्लो केही वर्षहरूमा विश्वव्यापी प्रयोगकर्ताहरू वृद्धि भएको रिपोर्ट गरेको छ ।

कोरोना भाइरसको महामारीको समयमा ठूलो सङ्ख्यामा अमेरिकी प्रयोगकर्ताहरू बढेका छन् ।

टिकटकले जनवरी २०१५ सम्म ५५ मिलियन विश्वव्यापी प्रयोगकर्ता रहेको बताएको छ । यो सङ्ख्या २०१८ को डिसेम्बरसम्म दुई सय ७१ मिलियन र २०१९ को डिसेम्बरसम्म पाँच सय सात मिलियन पुगेको छ ।

कम्पनीले पछिल्लो गर्मीयाममा सात सय मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरूको रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणको समयमा टिकटक प्रयोगकर्ताको संख्या विश्वभर नै आक्रमक बढेको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here