सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ असोज । विहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा विहीबार २०० रुपैयाँ घटेर प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घट्यो । बुधबार प्रतितोला ११५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य विहीबार प्रतितोला ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here