प्रतितोला ९०० रुपैयाँ बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ असोज । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार विहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ९०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्यो । विहीबार प्रतितोला ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here