सामसुङको नयाँ आविष्कार मानिसको मस्तिष्क सरह काम गर्ने चिप !

काठमाडौं । दक्षिण कोरियाली टेक निर्माण कम्पनी सामसुङले मानिसको मस्तिष्क सरह काम गर्ने न्युरोमर्फिक चिपको ​आविष्कारका लागि काम गरिरहेको घोषणा गरेको छ ।

न्युरोटाक्सिक इन्जिनियरिङलाई एआइसँग जोडेर कम्पनीले मानिसको दिमागमा भएको ज्ञान तथा जानकारीलाई कपी गरी मेमोरी नेटवर्कमा पेस्ट गर्न मिल्ने प्रविधि बनाउने योजना थालेको हो ।

सामसुङले मानिसको मस्तिष्कको न्युरोनलाई थ्रिडी न्युरोमर्फिक चिपमा कपी/पेस्ट गर्न सकिने जनाएको छ । हार्वड विश्वविद्यालय, सामसुङका प्रोफेसर तथा इन्जिनियरहरूले मिलेर गरेर उक्त प्रस्ताव तयार पारेका हुन् । जसलाई न्याचर इलेक्ट्रोनिक्सको न्युरोमोर्फिक इलेक्ट्रोनिक्स बेस्ड अन कपिङ एन्ड पेस्टिङ अफ ब्रेन भनिएको छ ।

जसमा मानिसको दिमागलाई कपी गरेर हाई–डेन्सिटी थ्रीडी नेटवर्कमा सार्न सकिने उल्लेख छ । साथै, उक्त टिमले एक मेमोरी बनाउने छ, जसले मस्तिष्कको अद्वितीय कम्प्युटिङ लक्षणको अनुमान लगाउन सक्छ । टाइम्स अफ इन्डिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here