दैनिक २ अर्ब मानिसले खान्छन् किरा, पश्चिमी देशमा अरबौं डलरको बजार

काठमाडौं । किरा खाने भन्ने कुरा तपाईलाई अचम्म लाग्नसक्छ । तर, पश्चिमी देशका मानिसहरु निकै मिठो मानेर खान्छन् र केही मानिसको लागि यो करोडौंको व्यापार समेत हो ।

किरा प्रोटिनले भरिपूर्ण हुनुका साथै अन्य मासुजन्य चौपाया तथा कुखुराको तुलनामा कम लागतमा तयार गर्न सकिने भएको कारण पनि किरा खाने र पाल्ने मानिसहरु बढ्न थालेका छन् ।

मानिसले किरालाई घृणा गर्न र किरा देखेर घिन मान्न छोड्ने हो भने खाद्य र कृषि क्षेत्रमा एक ठूलो व्यवसाय बन्न सक्ने कुरा विज्ञहरु बताउँछन्।

पश्चिमी देशका मानिसहरु किरालाई पूर्ण प्रोटिनको एक स्थायी स्रोतका रूपमा हेर्न थालिसकेका छन् ।

पोषण तत्वको लागि मात्रै नभएर पर्यावरणको लागि पनि किरा पालन राम्रो मानिने भएकाले यसको पक्षमा मानिसहरुले आवाज उठाउन थालेका छन् ।

खानको लागि किरा पाल्दा यसले कृषि क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन सक्ने कुरा वैज्ञानिकहरु बताउँछन् । किरा हरितगृह ग्यासको सबैभन्दा ठूलो उत्सर्जनकर्ता भएको उनीहरुको दाबी छ ।

ठूलो ब्यापार

युएस ग्लोबल मार्केट इनसाइट्सको एक रिपोर्टका अनुसार विश्व बजारमा खान मिल्ने किराको माग बढ्दो क्रममा छ । सन् २०१७ मा खान मिल्ने किराको बजार ८.८ करोड डलर रहेकोमा सन् २०२१ सम्म आइपुग्दा यो बजार बढेर १ अर्ब १४ करोड डलर पुगेको इनसाइट्सको तथ्यांकले देखाउँछ ।

त्यस्ता, किराहरु मध्ये सबैभन्दा लोकप्रियमा सलह र फट्याङ्ग्रा छन् । जो, प्रोटिनले भरिपूर्ण हुन्छन् । मानिसहरु यसलाई बिहानको खानामा समावेश गर्न मन पराउछन् ।

थाईल्याण्ड बाहिरपनि बढ्यो माग

संसारका धेरै देशमा किरालाई औधी मन पराइन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार विश्वका करिब दुई अर्ब मानिसहरुले आफ्नो दैनिक आहारमा किरा समावेश गर्छन् ।

थाइल्याण्ड धेरै किरा खाने एशियाको प्रमुख देश हो ।

यहाँ धान उत्पादन गर्ने उत्तर–पूर्वी क्रिश्चियन क्षेत्रमा पहिलो पटक किरा खान शुरू गरिएको थियो । थाइल्याण्डमा किरालाई स्थानीय परिकारको मुख्य व्यञ्जनको रुपमा हेरिन्छ ।

एफएओको अनुसार बीटल र कैटरपिलर विश्वव्यापी रुपमा सबैभन्दा धेरै खाईने किरा हुन्, तर, पछिल्लो समय सलह कीरालाई विकसित देशहरुमा मुख्यधाराको खानाको रुपमा लिईन थालिएको छ ।

किराबाट बनेको बर्गर र चाउचाउ युरोपेली सुपर मार्केटमा सजिलै पाउन सकिन्छ, पछिल्लो समय झींगाबाट बनेको प्रोटीन बार यूरोप र उत्तरी अमेरिकाको बजारमा सामान्य बनिसकेको छ ।

-बीबीसी हिन्दीबाट अनुवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here