ओलीको प्रतिवेदन: माधव नेपाल पार्टी विभाजनका मुख्य योजनाकार, सभामुख सहयात्री (पूर्णपाठ)

काठमाडौं, १५ असोज । नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ।

गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो जनाएका हुन् ।

प्रतिवेदनमा ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा मिलेर नेकपा एमाले फुटाएको आरोप लगाएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा सङ्लग्न थिए । २०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए।

‘हाम्रा सामुदक्षिणपन्थी अवसरवाद र सब्गठनात्मक अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने दायित्व छ ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादका आधार निर्माण गर्ने अभिभारा छ । अभिभाराहरु पुरा गर्ने हाम्रोयात्रामा खडा भएका माथि उल्लेखित चुनौतिहरुको सामना गर्नु र तिनलाई पराजित गर्नु छ ।’ प्रतिवेदनमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here