अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंह चुनिएकी छन् ।

आइतबार ९आज० बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उक्त निर्णय सुनाएका हुन् । अध्यक्षमा सिंहसँगै सुरेन्द्र बस्नेत दाबेदार थिए ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

गत बिहीबारदेखि काठमाडौँमा जारी २२औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष बनेकी हुन् । सिंह अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मानिकट मानिन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here