फ्रेन्च लिग वान: मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजी पराजित

काठमाडौं, १८ असोज । फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ ।

आइतबार सम्पन्न खेलमा पीएसजी रेन्नेजसँग २-० गोल अन्तरले पराजित भएको हो ।

रेन्नेजका लागि गाएटान लाबोर्डे र फ्लाभिएन टैटले एक एक गोल गरेका थिए ।

पीएसजीविरुद्ध लाबोर्डेले खेलको ४५औं मिनेटमा गोल गर्दै रेन्नेजलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४६औं मिनेटमा टैटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

पीएसजीको यस सिजनको लिग वानमा यो पहिलो हार हो । यस अघि ८ खेल लगातार जितेको पीएसजीको ९ खेलमा २४ अंक रहेको छ भने अहिले पनि शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यो जितपछि रेन्नेजको ९ खेलमा १२ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here