बजेट धेरै छैन् ? दुई लाखभन्दा कम मूल्यमा किन्न पाइन्छ यी पाँच मोटरसाइकल

काठमाडौं । सरकारले मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ ।

मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि ।

हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री हुने गरेका भने मिड रेन्ज अर्थात् २ देखि ३ लाख सम्मको नै हो ।

नेपाली बजारमा यस्ता मोटरसाइकल पनि उपलब्ध छन् जसको मूल्य २ लाख भन्दा पनि कम छ । अझ यी मोटरसाइकलको मुख्य आकर्षण भनेको माइलेज नै हो । त्यस्तै राम्रो पर्फमेन्स सहितको अत्याधिक माइलेज दिने, टिकाउ र २ लाख भन्दा कम मूल्यका केही लोकप्रिय मोटरसाइकल यस प्रकार छन् ।

कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ । यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।

प्लाटिना १०० इस

बजाजले विक्री गर्ने १०० सीसी इन्जिन क्षमताको प्लाटिना १०० इसका बजाजको सबैभन्दा सस्तो मोटरसाइकल हो । यो मोटरसाइकलको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

हिरो एचएफ डिलक्स

हिरो एचएफ डिलक्स हिरोको सबैभन्दा कम मूल्य भएको मोटरसाइकल हो । यो मोटरसाइकलमा ९७ सीसीको इन्जिन रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ७८ हजार रुपैयाँ कायम गरेर विक्री हुँदै आएको छ ।

त्यस्तै, स्प्लेन्डर आई स्मार्ट ११० को मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छ ।

स्टाइकर १२५

जगदम्बा मोटर्सले विक्री गर्ने स्टाइकर १२५ मोटरसाइकलको मूल्य १ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।

साथै, कम्पनीले विक्री गर्ने अर्को ११० सीसी इन्जिन क्षमता भएको मोटरसाइकल मोटर रेडीयनको मूल्य १ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here